प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६
हेटौँडा । त्रिभुवन राजपथको भैसे –१ सामरी पुल नजिकै कारको ठक्करबाट मोटरसाइकलमा सवार एक सैनिकको ज्यान गएको छ।
बुधबार साँझ काठमाडौँबाट हेटौँडा तर्फ जाँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत (सैनिक) ३० वर्षीय विवेश तामाङको ज्यान गएको हो ।
गम्भीर घाइते भएका तामाङको हेटौँडापछि थप उपचारका लागि सेनाको हेलिकप्टरबाट सैनिक अस्पताल छाउनी ल्याईए पनि उनको राति ११ बजेतिर ज्यान गएको जनाईएको छ। ठक्कर दिने कार र चालकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij