सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कञ्चनपुरमा दुर्घटना : मृतक तीन जनाको सनाखत

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६



  • कञ्चनपुर, जेठ ३१ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एउटा जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ बनगाउँमा महेन्द्रनगरबाट भुजेला गइरहेको से१क ७३३ नम्बरको जेसिबीले गड्डाचौकीबाट महेन्द्रनगर आइरहेको म१ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार तीन जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बैतडीको देहीमाडौंका २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरास्थित पृथ्वीचोकका ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिल प्रसाद रहेका छन् ।

    दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । अटो चालक, दुई जना यात्री तथा एक जना साइकल यात्री घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अटोरिक्सा चालक भीमदत्त नगरपालिका १० गड्डाचौकीका प्रेम थापालाई थप उपचारका लागि भारत रिफर गरिएको प्रहरीले जनाएको छ । जेसीबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij