सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

स्थानीय तहको लापरवाही : बस्तीको बीचमै ढुंगा उत्खनन् गर्न अनुमति

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • धनकुटा, असार २ । धनकुटाको पाख्रिवास नगरपालिकाले बस्तीको बीचबाटै ढुंगा उत्खनन गर्न स्वीकृति दिएपछि स्थानीय त्रसित बनेका छन् । आफूहरुसँग छलफल नगरी उत्खननको ठेक्का दिएर बस्ती नै विस्थापित गराउन खोजिएको स्थानीयको आरोप छ ।

    पाख्रिबास–५ स्थित डिकुरे र खाल्डेका बस्तीको बीचबाट ढुंगा उत्खनन गर्न स्वीकृति दिएसँगै स्थानीयवासी चिन्तित बनेका हुन् । उत्खनन् कार्यले बस्ती जुनसुकै समय पहिरोको जोखिममा पर्न सक्ने भन्दै उनीहरुले यसलाई रोक्न आग्रह गरेका हुन् । आफूहरुसँग आवश्यक छलफल र समन्वय नगरी एकलौटी रुपमा ढुंगा उत्खनन् गर्न ठेक्का दिएर दलित बस्ती नै विस्थापित गर्न खोजिएको स्थानीयको आरोप छ ।

    यसबाट बस्ती जोखिममा पर्ने भन्दै वडा कार्यालय र नगरपालिकामा गुनासो राख्दासमेत बेवास्ता गरेको स्थानीय मानबहादुर विश्वकर्माको भनाइ छ ।

    उत्खनन् भइरहेको क्षेत्रभन्दा मुनितिर हिले–भोजपुर सडकखण्ड पर्ने भएकाले त्यसलाई पनि असर गर्ने स्थानीयको दाबी छ । आफैंले चुनेका जनप्रतिनिधि आफूहरुकै हितविपरीत काम गरेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका छन् ।

    यता पाख्रिवास नगरपालिकाका नगरप्रमुख विर्षबहादुर राई भने प्रारम्भिक वातावरण परीक्षण मूल्यांकनको प्रतिवेदनका आधारमा काम अगाडि बढाएको दाबी गर्छन् ।

    जोखिमपूर्ण क्षेत्रका विपत्तिलाई राम्रोसँग आँकलन गरेर अगाडि बढ्न्ुपर्छ, ताकि त्यसले भविष्यमा थप क्षति नपुगोस् । स्थानीयका जायज मागलाई सरकारी निकायले आत्मसात गरेर अगाडि बढ्न आवश्यक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij