सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जीप दुर्घटना अपडेट : मर्नेहरुको संख्या १० पुग्यो, ५ घाइते [नामवलीसहित]

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • u'NdLsf] u'NdL b/af/ ufp“kflnsf $ la/af;df ;f]daf/ b'3{6gf ePsf] lhk . ;8saf6 em08} % ;o ld6/ tn v;]sf] 5 . 36gfdf ( hgfsf] d[To' ePsf] 5, * hgf 3fOt] 5g . tl:j/ M 3gZofd uf}td÷sflGtk'/

    बझाङ । हिजो भएको सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या १० पुगेको छ । बझाङ सदरमुकाम चैनपुरको डुङ्ग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा पाँचजना घाइते भएका छन् । जीपको गेयर नलाग्दा दुर्घटना भएको जानकारी दिइएको छ । दुर्घटनामा परी मष्टा गाउँपालिका–१ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खडका र १७ वर्षका छोरा सुनील खड्काको मृत्यु भएको छ ।

    यस्तै सोही वडाका २३ वर्षका हिक्मत खडका, ५९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षीया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्काको मृत्यु भएको सुदूरपश्चिम क्षेत्रका प्रहरी प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए ।

    चैनपुरबाट गएको प्रहरी टोलीले भीरमा गएर ५ जना घाइतेको उद्धार गरेको जानकारी दिएको छ । वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक महानन्द जोशीले भीरमा अड्किएका घाइतेको तीन घण्टालगाएर उद्धार गरिएको जानकारी दिनुभयो ।

    बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायवउपरीक्षक सूर्यबहादुर केसीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । गम्भीर घाइते तीन जनालाई भने हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो ।

    गम्भीर घाइते, मृतक कलक खड्काकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनिता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ । यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खड्काको चैनपुरस्थित जिल्ला अस्पतलमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij