प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६
सुर्खेत, असार ३ । कर्णाली नदीमा मंगलबार एक जिप खसेको छ ।
हुुम्लाको खार्पुुनाथ गाउँपालिका वडा नम्बर–५, कैलाबालु भन्ने ठाउँबाट लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खसेको हो ।
पल्लो खार्पुनाथबाट गाउँपालिकाको आन्छुुतर्फ आउँदै गरेको जिप नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले पुष्टि गरे ।
जिपमा कति यात्री सवार थिए भन्ने खुलेको छैन । जिपमा रहेकाको अवस्थाकाबारेमा जानकारी लिने काम भइरहेको एसएसपी आचार्यले बताए ।
दुर्घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij