सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लहानमा एक महिनादेखि थुप्रिएको फोहोर बल्ल उठ्यो

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • काठमाडौँ । लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महीनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ।सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा हिजो भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयवासीले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न दिने सहमति दिएपछि फोहर उठाउने कार्य शुरु भएको हो।

    फोहर व्यवस्थापनका लागि लहान नगरपालिकाले विकल्प खोज्ने र विकल्प नहुञ्जेलसम्म हाल वडा नं ४ स्थित डम्पिङसाइट नजिकै रहेको दुमुहानमा खाँल्डो खनेर फोहर नष्ट गर्ने सहमति भएपछि फोहर उठ्न थालेको लहान नगरपालिका–७ का वडाध्यक्ष तथा समस्या समाधान कार्यदलका सदस्य राकेश गुप्ता रोशनले जानकारी दिए।

    विगत एक महीनादेखि लहान नगरपालिकाले वडा नं ४ का स्थानीयवासीको अवरोधलाई कारण देखाउँदै लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको थियो।

    लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारीसाधन पार्किङस्थल र सडक छेउछाउमा फोहरको डङ्गुरले सर्वसाधारण नाक थुनेर हिँड्न् बाध्य भएका थिए । गत वैशाख ३१ गते नगरपालिकाका सरसफाइ कर्मचारी फोहर व्यवस्थापन गर्न केन्द्रमा स्थानीयवासीले आफूहरुको स्वास्थ्यमा समस्या भएको भन्दै फोहर फाल्न अवरोध गरेका थिए।

    त्यसपछि कर्मचारीले बजारमा कुचो लगाउने, तर फोहर नउठाउने गरेकामा गत जेठ ८ गतेबाट कुचोसमेत लगाउन छाडेपछि सडकमा फोहर थुप्रिएको थियो। फोहरबाट मोहर निकाल्ने नारा दिँदै विसं २०७१ मै उक्त फोहर व्यवस्थापन केन्द्र स्थापना गरिए पनि बजारको फोहर लगेर व्यवस्थापन केन्द्रमा जथाभावी फाल्दा दिनदिनै दुर्गन्ध बढेपछि वडावासीले अवरोध गरेको लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डितको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij