प्रकाशित मिति : बुधबार, असार ४, २०७६
सुशीला बुढाथोकी सल्यान,असार ४ गते
जिल्ला सदरमुकाम खलंगा सल्यानमा आज दिउँसो सवा दुई बजे पाईप बम विस्फोट भएको छ ।
शारदा नगरपालिका वडा नम्बर ३ मा रहेकोे जिल्ला प्रहरी कार्यालय सल्यानको प्राङ्गणमा १० बर्षे द्वन्द्वको बेला प्रहरीले नै राखेको पाईप बम आज घर निर्माणकार्य भैरहेको जि.प्र.का प्राङ्गणमा भेटिएपछि जि.प्र.का. सल्यानले नेपाली सेनाको ब्यारेकमा खबर गरेपछी नेपाली सेनाको बम डिष्पोजल टोली आई पाईप बम डिष्पोज गरेको सल्यान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीर शाहीले जलजला खबर संग बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij