प्रकाशित मिति : बुधबार, असार ४, २०७६
दयपुर। उदयपुर टिपरको ठक्करबाट बुधबार दुई जनाको घटनास्थलमा ज्यान गएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ७ लाटीखोला भुल्केमा बिहान ११ बजे स४प ३६१ नम्बरको मोटरसाइकललाई बा२प ७०९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
मदनभण्डारी लोकमार्ग निर्माणका लागि खटिएको टिपरले बसाहाबाट बेल्टारतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकलमा सवार सोही नगरको वडा ४ बसाहाका ४६ वर्षीय खगेन्द्र राई र ४५ वर्षीय जीवनकुमार साम्पाङ्गको घटनास्थलमै ज्यान गएको हो ।
घटनालगत्तै चालक फरार छन्। टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि स्थानीयले लोकमार्ग अवरुद्ध गरेका छन्। स्थानीयले टिपरको ज्यादती भएको भन्दै टिपर आतंक रोक्न माग गर्दै शव सडकमै राखी प्रदर्शन गरिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij