सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विराज भट्टसँग खेतमा धान रोप्दै पुर्व मिस नेपाल निकिता

  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६



  • काठमाडौं । गाउँपालिकाले १० लाख बजेट विनियोजन गरिदिएपछि अभिनेता विराज भट्टको नयाँ चलचित्र ‘साङ्लो’को निकै चर्चा भइरहेको छ ।

    पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै चलचित्रलाई गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख दिने भएपछि सो निर्णयको सर्वत्र विरोध भइरहेको छ । अझ रोचक कुरा त के भने गाउँपालिकाका अध्यक्षसमेत चलचित्रमा कलाकार रहेका छन् ।

    नायक विराजले नै निर्देशन गरिरहेको यो चलचित्रको छायांकन अहिले डोटीमा चलिरहेको छ । यतिबेला चलचित्र विवादीत बनिरहँदा चलचित्रका मुख्य कलाकार विराज र निकिता चण्डकको चलचित्रका रहेको लुक्स भने सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा नायिका निकिता र नायक विराज धानको विउ रोपिरहेको देखिएका छन् ।

    छायांकनको अन्तिम चरणमा रहेको यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रमा सामाजिक कथावस्तुलाई उतार्न लागिएको बताइएको छ । यो चलचित्रबाट नायक विराज निर्देशनमा डेब्यु गर्दैछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij