सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मनसुन भित्रिएसँगै रोपाइँ सुरु

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • विराटनगर — १५ असारमा दही चिउरा खाने र धान दिवस मनाउने चलन छ । तर मोरङको दक्षिणपूर्वी भेकमा भने असारको पहिलो सातादेखि रोपाइँ सुरु भइसकेको छ । यहाँका कृषक बहुल गाउँपालिकाहरु कटहरी, धनपालथान, ग्रामथान र जहदा पुग्दा सबैजना खेतमा व्यस्त भेटिन्छन् । अहिले किसान एवं कृषि मजदुरहरु बेर्ना उखेल्दै खेत रोपिरहेका छन् ।
    प्रकाशित : असार ७, २०७६ १५:१३

    यहाँका किसानले जेठको पहिलो सातामा राखेको बेर्ना एक महिना भित्र तयार हुन्छ । यसपछि उनीहरुले वर्षा र नहरको पानीको भरमा बस्दैनन् । बोरिंग/पम्पिङ सेटको मद्दतले रोपाइँ गर्छन् ।

    रोपाइँ सुरु गर्नुअघि ग्रामिण भेकमा गृहस्थ भनिने किसानले खेतमा पूजा गर्छन्, अनि कृषि मजदुर तथा परिवारका सदस्यलाई प्रसादको रुपमा खिरपुरी खुवाउँछन् ।

    बेलैमा रोपाइँ र कटाइ सकेपछि अर्को बालीकोलागि खेतलाई तयार पार्नु पर्ने हुनाले उनीहरु १५ असार कुरेर बस्दैनन् । ढिलो गर्दा कृषि मजदुर नपाउने समस्याले पनि उनीहरु चाँडो सक्छन् । यहाँ साउनभित्र रोपाइँ सक्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij