प्रकाशित मिति : आइतवार, असार ८, २०७६
रुपन्देही । महेन्द्र राजमार्गमा पर्ने रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट २ जनाको ज्यान गएको छ ।
हिजो शनिबार राति महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।
बसको ठक्करपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आगोले दुवै जनाको शव जलेकाले पहिचान हुन सकेको छैन । अहिले दुई जनाको शव लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij