प्रकाशित मिति : आइतवार, असार ८, २०७६
काठमाडौँ । हिजो शनिबारदेखि अविरल रुपमा वर्षापछि पहिरो जाँदा स्याफ्रुबेसी–रसुवागढी सडक अवरुद्ध भएको छ ।
रसुवागढी जाने सडक खण्डको लिङलिङमा शनिबार राति ८ बजेतिर पहिरो गएपछि सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
उक्त अवरुद्ध सडक खुलाउनका लागि आज बिहानैदेखि पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ।
हिजोदेखि नै सडक अवरुद्ध बनेपछि चीनको केरुङ जान लागेका तथा सामान लिएर काठमाडौँ आउँदै गरेर मालवाहक कन्टेनर रोकिएका छन् ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाको टोलीले पहिरो पन्छाउने काम गरिरहेको छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij