सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

क्याम्पस हाताभित्र बम विष्फोट

  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६



  • पाल्पा । पाल्पाको रामपुरस्थित सहिद क्याम्पसको कम्पाउण्ड भित्र सोमबार राति अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । राति साढे १० बजे भएकाे विस्फोटबाट क्याम्पसको भर्खरै निर्माण गरिएकाे पर्खालमा क्षति पुगेको छ।

    सिलिण्डर विस्फोट कस्ले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन। अज्ञात समूहले मोटरसाइकल र स्कुटरको टायर बालेर सिलिण्डर विस्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

    घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भुपाल रानाले बताए। रातिको समयमा ठूलो आवाजसहित भएको विस्फोटका कारण स्थानीयहरु त्रसित बनेका छन्। विगतमा बन्दका बेला सामान्य प्रभाव रहने रामपुरका बजार क्षेत्र, शैक्षिक संस्था तथा कार्यालय ठप्प बनेका छन्।

    पाल्पाको तानसेन लगायत अन्य बजार पनि खुलेको छैन। छिटफुट दुई पाँग्रे सवारी चले पनि अन्य साधन चल्न सकेका छैनन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij