प्रकाशित मिति : बुधबार, असार ११, २०७६
काठमाडौं । अछामममा ट्याक्टर दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार अछामको चौरपाटी गाउँपालिकामा दशपल्ले माविमा अध्यनरत विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्युु भएको हो । अन्य ४ जना घाइते भएका छन् ।
से १ त ७८३९ नम्वरको ट्याक्टर गाउँपालिका वडा नं ३ शोकटस्थित कोलगैरामा दुर्घटना भएको थियो । दुर्घटनामा परी सोही गाउँपालिका वडा नं २ का रमेश साउँद, लक्ष्मी साउँद र काली साउँदको मृत्यु भएको छ ।
उनीहरुमध्ये साउदले यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी कक्षा ९ र कालि कक्षा ८ मा अध्ययनरत रहेको बताइएको छ । लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij