सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मृतक परिवारलाई १० लाख सहयोग

  • प्रकाशित मिति : बुधबार, असार ११, २०७६



  • बैतडी । मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गर्ने भएको छ ।

    नगरपालिकाको मङ्गलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै वडा नं ४ का वडाध्यक्षसमेत रहेका स्वर्गीय भट्टको परिवारलाई रु १० लाख दिने निर्णय गरेको हो । स्वर्गीय भट्टका छोराछोरीलाई अध्ययन खर्च पनि प्रदान गरिने नगर उपप्रमुख जानकी बमले बताइन् ।

    प्रत्येक वडाध्यक्षको एक एक महिनाको पारिश्रमिक र नगरपालिकामा कार्यरत कर्मचारीहरुको एक एक दिनको पारिश्रमिक जम्मा गरी अध्ययनन खर्च उपलब्ध गराउने निर्णयसमेत भएको छ । वडा नं ४ का वडा सदस्य लालबहादुर धानुकलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ३ का वडाध्यक्ष दलबहादुर धामीलाई र समाजिक विकास समितिमा वडा नं ६ का वडाध्यक्ष जगी साउँदलाई जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।

    गत जेठ २९ गते बुधबार वडा कार्यालयबाट घर जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको असार ५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । नगरप्रवक्ता भट्टको निधनमा नगरपालिकाले असार ५ गतेदेखि तीन दिन शोक मनाएको थियो ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij