सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

छोराको चाहनामा शिक्षककी श्रीमतीले ५ छोरीसहित इनारमा हाम्फालिन्, ६ जनाकै मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, असार १३, २०७६



  • काठमाडौं। छोरा नजन्मिएका कारण निराश एक शिक्षककी श्रीमतीले आफ्ना पाँच छोरीहरुलाई पालैपालो इनारमा फालेर आफूले पनि इनारमा हाम्फालिन् । घटनामा ६ जनामै डुबेर मृत्यु भएको छ । ती महिला छोरा नजन्मिएका कारण सधैं चिन्तित रहने गरेको बताइएको छ ।

    महिलाले बुधबार बेलुकी इनारमा हाम्फालेको बताइएको छ । ती महिलाका छोरीहरु पढाइमा अत्यन्तै प्रतिभाशाली भएको विद्यालयका शिक्षकले बताएका छन् । घटना भारतको राजस्थान राज्यको बाडमेर जिल्लाको बावडी कला गाउँको भएको भारतीय दैनिक भास्करको समाचारमा उल्लेख छ । ती महिलाका श्रीमान शिक्षक भएको समाचारमा उल्लेख छ ।

    महिलाका श्रीमान राणाराम जाटको २० वर्ष पहिले वनू देवीसँग विवाह भएको थियो । यी दुईका ५ छोरीहरु सन्तोष (१३), ममता (११), मैना (९), हंसा (५) र हेमलता (३) थिए । छोरा नभएका कारण वनू धेरै चिन्तित रहन्थिन् । बुधबार जब राणाराम स्कुल गए त्यसपछि वनूले पाँचैजना छोरीलाई इनारमा फालिदिइन् । त्यसपछि आफूले पनि इनारमा हाम्फालेर आत्महत्या गरिन् ।

    यी छोरीहरु पढाइमा अब्बल भएको बताइएको छ । जेठी जोरी सन्तोष त स्कुलकै टपर थिइन् । १३ वर्षकी सन्तोष मदर टेरेसा स्कुल चौहटनमा पढ्थिन् । उनले ८ कक्षाको परीक्षामा ९८ प्रतिशत अंकसहित स्कुल टप भएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij