प्रकाशित मिति : शनिबार, असार १४, २०७६
बलेवा। बागलुङको बरेङमा आज बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नं को जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो।
रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको र अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ। गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन बेला गाडी गुडेर पल्टेको थियो।
मृत्तक खत्रीले जीपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ।
दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन्। उनलाई उपचारको लागि पाल्पा पठाइएको छ। जीपमा चार जनायात्रु सवार थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij