सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

३० वर्षपछि फरार अभियुक्त पक्राउ

  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६



  • लमजुङ। गण्डकी प्रदेशअन्तर्गत ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

    तत्कालीन इलाम पोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने कामीलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ। पक्राउ गरेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएर जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुुरुङले बताए।

    तत्कालीन इलाम गाविसमा बेदप्रसाद पोख्रेललाई धेरै पैसा ल्याएको आशङ्कामा कामी लगायतको पाँच जनाको टोलीले ढुङ्गाले हानेर कर्तव्य गरी मारेको थियो। उनको साथबाट नगद चार हजार लुटी पाँच जनाले बाँडीचुडी लिएका थिए। मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले कामीसहित पाँचजना विरुद्ध जिल्ला अदालतमा २०४८ असोज १८ गते मुद्दा गरेका थिए। सोही समूहमा रहेका एक जनाले सजयाँ भोगिसकेका छन् भने बाँकी अझै तीनजना फरार रहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij