प्रकाशित मिति : शनिबार, असार १४, २०७६
हुम्ला – खार्पुनाथ गाउँपालिका–५ को बेडुबिसौनास्थित कर्णाली नदीमा दुर्घटना भएको लु१ज ७१६६ नम्बरको जीपमा परी बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको मृत्यु भएपछी शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
दुर्घटनामा परि बेपत्ता भएका यात्रु र जीपको अहिले सम्म कुनै पत्ता नलागेपछि बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको बैठकले १५ गते सार्वजनिक विदा दिने निर्यण गरेको हो ।
कार्यपालिकाको बैठकपछि गाउँपालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।
दुर्घटनामा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, चन्द्र हमाल, नैनसिंह भण्डारी, मणी साही, बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, कौंरा दमाई र कौंराको दुई छोरा बेपत्ता भएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij