प्रकाशित मिति : शनिबार, असार १४, २०७६
बर्षात छेत्री , दाङ । राष्ट्रिय बृक्षारोपन दिवस २०७६को अबसर पारेर कृष्ण मन्दिर ब्यबस्थापन समिति तुल्सीपुर ८ ले विभिन्न प्रजातीका बिरुवा रोपेर दिवस मनाएको छ । “बृक्षारोपनमा सहभागिता” सफलताको सुनिश्चितता भन्ने मुल नाराका साथ शुरूवात गरेको बृक्षारोपन कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द सारु मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा डिभिजन बन अधिकृत दीपक ज्ञवालीले राष्ट्रिय बृक्षारोपन अभियानको बिषयमा प्रकाश पार्नु भएको थियो ।
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बिमल रीजाल,तुल्सीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत बिरु ,शान्ति समाजका केन्द्रीय सचिव सुशील बस्नेत,वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल,निजि तथा पारिवारिक बनका केन्द्रीय सदस्य मेघराज भुसाल,तुल्सीपुर खानेपानीका अध्यक्ष खिमराज वली,झाक्री ढुंगा खानेपानीका सचिव दशरथ ओली,शान्ती समाज दाङका सचिव गोरख वली लगायतले आ आफ्नो धारणा राखेका थिए ।
समीतीका कोषाध्यक्ष किरण केसीले स्वागत गर्नु भएको थियो भने सहजीकरण सचिव धर्म वलीले गर्नुभएको थियोे । राधाकृष्ण ग्रीनपार्क क्षेत्र भित्र अमला,हररो,टिक, श्रीखण्ड र पलास लगायतका प्रजातीका बिरुवा रोपीएको छ भने यो बर्ष १६६० बिरुवा रोपिने लक्ष्य रहेकोे अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij