प्रकाशित मिति : आइतवार, असार १५, २०७६
काठमाडौं। काठमाडौंबाट चितनवततर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो बस र बा २ ख ४५ ६७ नम्बरको माइक्रो धादिङको बेनीघाटमा एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
आइतबार विहान १० बजेर ४५ मिनेटमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।
घाइतेमध्ये १८ जनालाई काठमाडौं रिफर गरिएको, सात जनाको गजुरी अस्पतालमा उपचार भइरहरको, दुई जनाको चरौदी अस्पतालमा उपचार भइरहेको र तीन जना समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।
बा ३ ख १००४ नम्बर बसको चालक रविन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी समान्य घाइते भएका छन्। मृकत दुवै जनाको सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार मृतक अन्दाजी २० वर्षका एक युवक र एक युवती रहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij