प्रकाशित मिति : आइतवार, असार १५, २०७६
काठमाडौं । विगत ५ दिनदेखि नउठेको काठमाडौंको फोहोर भोली सोमबारबाट उठ्ने भएको छ।
आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग प्रभावित क्षेत्रका जनप्रतिनिधि, प्रभावित र अतिप्रभावित क्षेत्रका स्थानीयबीच सम्पन्न बार्ताबाट समस्या समाधानका लागि समिति गठन गर्दै फोहोर खुलाउने सहमति भएको हो ।
वार्तामा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थानीयकातर्फबाट माग राख्दै प्रतिनिधिहरुले सिसडोल ल्याण्डफिल्ड साइटमा अबदेखि फोहोर नलैजान र अहिलेको अवस्थालाई सुधारेर छोड्ने माग प्रस्तुत गरेका थिए । यसरी माग प्रस्तुत भएपछि महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले स्थानीयबासीमा परेको पीडा आफूले महसुस गरेको बताउँदै महानगर आफैंले समाधान नर्ग नसक्ने कतिपय सवालका कारण आफू पनि समस्यामा रहेको उल्लेख गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij