सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सिरहामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६



  • सिराहा । सिराहामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

    सोमबार दिउँसो करिब १ बजेतिर लहान नगरपालिका ११ पडरिया चौकमा म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदाँ ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। भने १२ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना ८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह १ बजेतिर पछाडीबाट ठक्कर दिदाँ म्याजिकमा सबार २ पुरुष र १ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ।

    घाईतेहरुको लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij