प्रकाशित मिति : सोमवार, असार १६, २०७६
बझाङ्ग । बझाङ्गमा बालुवा खानी भत्किदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
सोमबार वित्थडचिर गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीको नवनिर्मित भवनको निर्माणका बालुवा ओसार्दै गर्दा बालुवा खानी भत्केर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। साथै ३ जना घाइते भएका छन्।
बालुवा खानी भत्केर गम्भिर घाइते भएका तीनै जनालाई स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थलतिरै जाँदैछ। घटनाका विषयमा प्रहरी पनि विवरणहरु संकलन गरिरहेको जनाइएको छ।
मृतक र घाइतेको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij