प्रकाशित मिति : सोमवार, असार १६, २०७६
डोटी । छिमेकीको मलामी गएका एक जना सेती नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएका छन्।
सोमबार दिउँसो दिपायल सिलगढी नगरपालिका–७ कुण्जेडीगाउँ बस्ने ४० वर्षीय चक्रबहादुर कुण्जेडा छिमेकीको मलामी आएका बेला दिउँसो साढे १२ बजेतिर सेती नदीमा नुहाउने क्रममा बगेर वेपक्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।
दिपायल सिलगढी नगरपालिका–५ सेती नदी पुल नजिकैबाट कुन्जेडा बगेर वेपक्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता धामीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय डोटी, इलाका प्रहरी कार्यालय दिपायल, लडागडा प्रहरी चौकीको टोली र स्थानियहरुले उनको खोजीकार्य गरीरहेको प्रहरी नायव उपरिक्षक धामीले बताए।
एक वर्षको अवधिमा सेती नदीमा ७ जनाको ज्यान गई सकेको छ भने दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij