प्रकाशित मिति : मङ्लबार, असार १७, २०७६
बझाङ । बझाङमा एक युवती मृत अबस्थामा फेला परेको छ ।
मंगलबार बिहान बुंगल नगरपालिका खोचेगाडाको तारका बगरमा सोही नगरपालिका–२ की ललिताकुमारी धामीको शव भेटिएको हो ।
सोमबार साँझ बजेतिर गाउँकै साथीको घरमा जान्छु भनेर गएकी धामीको शव आज बिहान बुङगलको खोचेगाडाको तारका बगरमा भेटिएको हो । शवको प्रकृति हेर्दा ललितालाई गाडीले ठक्कर दिएको जस्तो देखिने प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij