प्रकाशित मिति : बिहिबार, असार १९, २०७६
काठमाडौं। एउटा पुरानो लोककथाका अनुसार एक जना राजा प्रत्येक दिन विहान एक जनाको इच्छा पूरा गर्थे। राजाले आफ्नो दैनिक एक जनाको इच्छा पूरा गर्ने थाहा पाएपछि टाढा टाढाबाट मानिसहरु राजमहल आइपुग्थे। एक दिन विहान विहानै एक सन्त राजाको द्वारमा पुगे र भिक्षा भाग्दै भने–महाराज मेरो यो भाँडो सुनको सिक्का भरिदिनुस्।’
राजाले सन्तलाई निकै सम्मान गर्थे। उनलाई सन्तको माग सामान्य लाग्यो। उनले सन्तको भाँडो तत्काल सुनको सक्काले भर्ने योजना बनाए। तर राजाले सन्तको भाँडोमा जति पनि सुनको मुन्द्रा हाल्ने सबै गायब हुन्थे। यसरी राजाको सधै सुनको सिक्का सकिँदापनि सन्तको भाँडो भरिएन। अनि राजा हैरान भए।
राजाले आफ्नो कोषाध्यक्षलाई बोलाएर सबै खजाना र सुनका मुद्रा ल्याएर सन्तको कमण्डलुमा भर्न लगाए। तर जति पैसा हाले पनि ती सबै गायब हुन्थे। विस्तारै विस्तारै राजाको सबै खजाना सकियो, तर सन्तको कमाण्डलु कहिल्यै भरिएन।
राजालाई के लाग्यो भने यो सन्तको भेषमा कुनै जादुको पात्र आएको छ। त्यही कारण उसको कमाण्डलु भरिएन। राजाले सन्तलाई कमाण्डलुको रहस्यको विषयमा सोधे।
सन्तले जवाफ दिए–महाराज यो कमाण्डलु हाम्रो हृदयबाट बनेको छ। जसरी हाम्रो मन धन, पद र ज्ञानले कहिल्यै भरिँदैन त्यसैगरी यो कमाण्डलु पनि कहिल्यै भरिँदैन। हामीसँग चाहे जतिसुकै धन होस् जति नै ज्ञान आर्जन गरौं, पूरै विश्व नै जितौं तर यो मन सधैं अतृप्त हुनछ। हाम्रो मन यी चिजले भरिनलाई बनेकै होइन। जब सम्म हाम्रो मनले भगवना प्राप्त गर्दैन तबसम्म मन खाली नै रहन्छ। त्यसकारण मानिसले यी भौतिक वस्तुका पछि आफूलाई धेरै केन्द्रित गर्नु हुन्न।
यो कथाबाट के शिक्षा पाइन्छ भने आफूसँग जति छ त्यसैमा सन्तुष्ट हुनुपर्छ। भगवानको ध्यान गर्नुपर्छ तब मात्र हाम्रो जीवन सार्थक हुन्छ भने मन शान्त हुन्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij