सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तारा देवी र अरुणा लामाका गीत गुञ्जदै

  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६



  • पोखरा। टेस्ट अफ हार्मोनीः धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनीः द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो।

    आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम सङ्गीत गायिकाहरूको उत्थान र प्रबद्र्धनमा समर्पित सस्था भएको बताउँदै महिला गायिकाको संरक्षण र प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको बताए। उपाध्यक्ष कौशल्या गुरुङले कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीत प्रस्तुत गर्दै उनीहरू प्रति समर्पण गरिने जानकारी दिइन्।

    कार्यक्रममा संस्थामा आबद्ध ईतु जोजिजु, कौशल्या गुरुङ, शीतल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन लगायत सम्पूर्णको प्रस्तुति रहने जनाइएको छ।

    उक्त अवसरमा संस्थाले दार्जिलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गना रत्न दाशलाई हार्मोनी सम्मानबाट सम्मान र उदीयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभाबाट सम्मान गरिने संस्थाका सचिव बबी सुनारले जानकारी दिए।

    कार्यक्रममा पोखराकै रारा चाउचाउले टाईटल स्पोन्सर गरेको छ भने अन्य विभिन्न सङ्घ संस्था तथा सञ्चारमाध्यमले सहयोग गर्ने भएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij