सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मध्य–पहाडी लोकमार्गमा व्यवस्थित शहर निर्माण अघि बढ्दै

  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६



  • काठमाडौँ । सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।

    राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा शहरी विकास मन्त्रालय सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले अघिल्लो वर्ष घोषित मेगा सिटी, स्मार्ट सिटी निर्माण तथा शहरीकरणको मापदण्ड तयार गरेर आवश्यक प्रक्रिया अघि बढेको उल्लेख गरे ।
    मन्त्री राईले थपे, “आगामी आवभित्र कूल बजेटमध्ये ४.८ प्रतिशत मात्र नयाँ बजेट खर्च गर्छौँ, बाँकी पुरानै बजेट खर्च गर्ने लक्ष्यका साथ शहरीकरणका पुराना योजनालाई अघि बढाएका छौँ ।”

    सरकारले सात मेगा र १३ स्मार्ट सिटी निर्माणको घोषणा गरेको थियो । हिमालसँग जोडिएका पाँच प्रदेशमा पाँच शहर विकासको काम पनि प्रभावकारी रुपमा अघि बढाइएको छ । अघिल्लो सरकारले विनायोजना र मापदण्ड तयार नगरी मेगा र स्मार्ट सिटी निर्माणको घोषण गरेकाले अहिलेको सरकारले त्यस्ता शहरको मापदण्डसहितको व्यवस्थित कार्ययोजनाका साथ निर्माण प्रक्रिया अघि बढाएको मन्त्री राईको भनाइ थियो । उनले तराई–मधेशका २० जिल्लाका सदरमुकाम व्यवस्थित गर्ने र मध्य–पहाडी लोकमार्गमा व्यवस्थित शहर निर्माणलाई क्रमशः अघि बढाइएको जानकारी दिए ।

    मन्त्री राईले सडक मापदण्ड बनाएर भएका संरचनालाई अपाङ्गमैत्री बनाउने तथा मापदण्डका आधारमा नयाँ संरचना निर्माण गरिने बताए । जनता आवास कार्यक्रम प्रदेश मार्फत सञ्चालन भइरहेको जानकारी दिए ।

    संसद् भवन छिट्टै

    मन्त्री राईले प्रतिनिधिसभा र राष्ट्रियसभाको नयाँ भवन निर्माणको काम अघि बढाइएको जानकारी दिएका छन् । उनले संसद् भवन निर्माणको प्रक्रिया अघि बढेको तथा सांसद आवासका लागि गुरुयोजना तयार गरी यसै वर्ष काम अघि बढाइने बताए । “पुरानो संसद् भवन पूर्ण रुपमा जीर्ण भइसकेकाले पुनः प्रयोगमा आउने अवस्था छैन, नयाँ भवन निर्माण आवश्यक छ । छिट्टै टेण्डर प्रक्रियाले निष्कर्ष पाउँछ”मन्त्री राईले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij