प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६
काठमाडौं । बेडमा बसेर धेरै समय निदाउन कोशिस गरेपनि निदाउन नसक्दा रातभरी जाग्राम बस्ने पर्ने अवस्था भएको छ ? यदि तपाइँलाई पनि यस्तो समस्या छ भने यी निम्न प्रकारका उपायहरु अपनाउँदा समयमै निदाउन सहयोग गर्छ ।
यी उपायहरु अपनाउनुहोस् ।
सबैभन्दा पहिला ठूलो आवाज निकालेर मुखबाट सास छोड्नुपर्छ ।
मुख बन्द गरेर नाकबाट बिस्तारै बिस्तारै सास लिनुपर्छ । आफ्नो सासलाई ७ अंकसम्म गन्ती गन्ने र ८ गन्ती गर्दासम्म सासलाई बिस्तारै बाहिर छोड्नुपर्छ ।
यो सकिएपछि फेरि सास भित्र तान्ने र यो प्रक्रिया चारपटकसम्म दोह–याउनुपर्छ ।
यसो गरिरहँदा लामो सास तान्दै छोड्दै गर्नुपर्छ । यसबाट तपाइँको दिमाग शान्त अवस्थामा पुग्छ । यसो गर्दा केही क्षणमै निद्रा लाग्ने गर्छ ।
यदि तपाइँ आँखा बन्द गरेर ध्यान केन्द्रित गरेर बस्नुभयो भने केही रंगीन चीज देख्न सकिन्छ । यसलाई ‘फास्फिन्स’ भन्ने गरिन्छ । आफूलाई शान्त बनाएर त्यसलाई हेर्दै गर्नुभयो तपाइँलाई निद्रा लाग्न सहयोग गर्छ । यसपछि बिस्तारै सास लिनुस् ।
बेडमा बसिरहेका बेला धेरैपल्ट कोल्टे फेर्नुहुँदैन यसले तपाइँलाई अस्थीर बनाउँछ । र, निदाउन गाह्रो हुन्छ ।
निदाउनुभन्दा अघि शरीरलाई एक शान्त स्थितिमा पु–याउनुपर्छ ।
सुत्दा सिरानी नरम खालको हुनुपर्छ ।
सुत्ने कोशिस गरिरहँदा घडी हेर्ने नगर्दा राम्रो । घडी हेरिरहँदा धेरैसमय निदाउन नसकेको आभास हुन्छ । यसले तपाइँलाई झन् निदाउन गाह्रो हुन्छ ।
आँखाको परेला छिटोछिटो झिम्काउनुुस् । निदाउन समय लाग्नु भनेकै आँखा थकित हुनु हो ।
सुत्ने प्रयास गरिरहँदा पानी अत्याधिक पिउनु हुँदैन ।
सुत्ने समय परिवर्तन गर्नुहुँदैन । यसले तपाइँको निदाउन समस्या हुन्छ ।
निदाउनको लागि नाकबाट ४ सेकेण्डसम्म लामो सास तान्ने , ७ सेकेण्डसम्म रोक्ने र ८ सेकेण्डसम्म बिस्तारै सास छोड्ने गर्नुपर्छ ।
कसैलाई पुस्तक पढ्ने र संगीत सुन्दा निदाउने हुन्छ ।
एजेन्सीको सहयोगमा
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij