आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वर्षाका कारण बन्द रहेको मुम्बई विमानस्थल पुनः सुचारु

  • प्रकाशित मिति : शनिबार, असार २१, २०७६



  • मुम्बई । मनसुनी वर्षाका कारण तीन दिनदेखि बन्द रहेको मुम्बईको मुख्य विमानस्थल पुनः सुचारु भएको छ ।

    मुम्बई आसपासका क्षेत्रमा भारी वर्षा भएपछि यहाँको जनजीवन अस्तव्यस्त भएको छ । सार्वजनिक यातायातका सबैजसो साधन दुई–तीन दिनदेखि अबरुद्ध भएका छन् भने वर्षाका कारण केही व्यक्तिको मृत्यु समेत भएको छ ।

    विमानस्थलको धावनमार्ग बन्द भएपछि १५० भन्दा बढी उडान स्थगित भएका थिए । प्रहरीका अनुसार मुम्बई विमानस्थलमा स्पाइसजेटको विमान अवतरण गरेको छ ।

    करिब दुई करोड आवादी रहेको मुम्बईमै गत मंगलबार पर्खाल ढल्दा २६ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका थिए । महाराष्ट्र राज्यमा पर्ने मुम्बई र अरु आसपासका क्षेत्रमा परेको भिषण वर्षाका कारण जनधनको क्षति भएको छ । मौसम विज्ञान विभागले आगामी दिनमा पनि ठाउँठाउँमा भारी वर्षा हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij