सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

यार्सा संकलकको अब जीवन बिमा गरिने

  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६



  • मुगु । मुगुका विभिन्न पाटनहरुमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलकहरुको अब जीवन बिमा गरिने भएको छ । मुगुस्थित मुगुम कार्मारोेङ्ग गाँउपालिकाले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको यो विषय समेटिएको हो ।

    शुक्रबार आफ्नो पाँचौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले यार्सा संकलकहरुबाट पाटन प्रवेश शुल्कवापत वर्षेनी लाखौ शुल्क उठाउँदै आए पनि उनीहरुबारे केहि नसोचेको र पाटनमा उनीहरुको कुनै दुर्घटना भएमा उ मात्र नभएर उमाथि आश्रित सबै परिवारको विचल्ली हुने भएकाले नीति तथा कार्यक्रममा जीवन विमा समेटेको बताए ।

    पाटनहरुमा वर्षेनी दजनौ संकलकको मृत्यु हुने र त्यती कै संख्यामा विरामी अपाङ्ग हुने गरेका छन् । यार्सा संकलन समयभन्दा एक महिना अगावै गाँउपालिकाको यो विषय हेर्ने फाँटमा संकलकले नाम दर्ता गर्नुपर्ने र प्रवेश शुल्क उठाउदा विमांक रकम पनि काटिने व्यवस्था मिलाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

    जीवन विमा गर्ने विमा कम्पनीसंगको सहकार्यमा गाँउपालिकाले यो अभियान अघि बढाउने र सार्वजनिक सूचना गरेर विमा कम्पनी छनौट गरिने भएको छ ।

    यार्सा संकलन गर्न जिल्ला भित्र र बाहिरबाट यो बर्ष १० हजार बढी संकलकहरु पाटनमा प्रवेश गरेका छन् । यो वर्ष प्रवेश शूल्कवापत गाँउपालिकाले ९० लाख शुल्क उठाएको थियो ।

    प्रवेश शुल्क मात्र लिने संकलकहरुको सुविधाबारे गाँउपालिका मौन रहेको आवाज उठदै आएकाले नगरसभाले संकलकहरुको पक्षमा रहेर जीवन विमाबारे व्यवस्था गरेको र बजेटमा पनि यो विषय समेटर आगामी बर्षबाट कार्यान्वयनमा ल्याइने प्रमुख प्रशासकिय अधिकृत विकास रिजालले बताए ।

    गाँउपालिकाले प्रस्तुत गरि सर्वसम्मत पारित समेत गरेको यो प्रावधानको सबै तिर प्रशंसा भएको छ ।

    शुक्रबारबाट शुरु भएको गाँउसभा शनिबार नीति तथा कार्यक्रम पास गर्दै बजेट छलफलमा प्रवेश गरेको पनि गाँउपालिकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij