प्रकाशित मिति : सोमवार, असार २३, २०७६
खोटाङ । खोटाङको जिल्ला कारागारको शौचालयमा झुण्डिएको अवस्थामा एक कैदीको शव फेला परेको छ ।
कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
हिजो आइतबार साँझ सात बजेतिर समूहमा नदेखिएपछि खोजी गर्दा झुण्डिएको अवस्थामा शव फेला परेका हुन् ।
श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलान भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij