सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आगामी ३ दिन लगातार वर्षा हुने

  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६



  • काठमाडौं। यतिबेला देशको तराई भू–भागमा वर्षा भइरहेको छ । मनसुन सक्रिय भएपछि देशभर वर्षा भइरहेको छ । सोमबार दिउँसो मध्ये तथा पूर्वी तराईमा भारती वर्षा भएको जल तथा मौसम विभागले जानकारी दिएको छ ।

    विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आगामी तीन दिन देशभर लगतार वर्षा हुने सम्भावना छ । शाखाले सोमबार साँझ ६ बजे जारी गरेको सूचनाअनुसार सोमवार राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ। देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा र मध्य र पूर्वीका १–२ स्थानहरुमा भारी वर्षाको संभावना छ ।

    यस्तै मंगलवार दिउँसो देशका पश्चिमी क्षेत्रका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा सामान्य बदलि रहनेछ। देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ। देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा र मध्य र पूर्वीका १–२ स्थानहरुमा भारी वर्षाको संभावना छ ।

    राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भू–भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

    यस्तै बुधवार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका केहि भू–भागमा वर्षाको सम्भावना छ। देशको १–२ स्थानहरुमा भारि वर्षाको संभावना छ ।

    राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij