प्रकाशित मिति : सोमवार, असार २३, २०७६
कैलाली । कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
कैलालीको गौरीगंगा नगरपालिका ४ राजिपुर चौकमा माईक्रोबसको ठक्करबाट सोही ठाउँकी अन्दाजी ५०/५५ वर्षीया गौरी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक यक्ष कुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार धनगढीबाट नेपालगञ्ज गईरहेको बा ५ ख ४०३१ नम्वरको माईक्रोबसले नेपालीलाई ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको थियो।
ठक्करबाट उनको टाउको र शरिर नै अलग भएको छ। माईक्रोवस र चालक राजु गिरीलाई नियन्त्रणमा लिएको प्रवक्ता बस्नेतले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij