प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६
पोखरा । पोखरा महानगरपालिका १७ मा एक महिलाको हत्या भएको छ।
पोखरा २२ पुम्दिभुम्दी घर भई हाल पोखरा १७ आरोग्य एग्रो कुखुरा फार्ममा काम गर्ने ४० वर्षीया गंगा सुनारको आइतबार राती श्रीमानले ढुङगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आठ वर्षदेखिसँगै बस्दै आएका ध्रुब भन्ने ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा उनकी कान्छी पत्नीको ज्यान गएको हो ।
दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij