सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

३० हजार धरौटी बुझाएर छुटिन् ‘धर्ती माता’

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • काठमाडौं । आफुलाई धर्ती माताका रुपमा चिनाउने महिला विष्णु कुँवर मंगलबार जिल्ला अदालत काठमाडौंमा २० हजार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार रुपैयाँ धरौटी बुझाएर थुना मुक्त भएकी छन् ।

    राजधानी काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धान गरेर जिल्ला अदालत र जिल्ला प्रशासनमा जिल्ला सरकारी वकील कार्यालयमाफर्त मुद्दा चलाएको काठमाडौंमा प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द बोगटीले बताए ।

    उनका अनुसार जिल्ला अदालत काठमाडौंमा कुँवरमाथि अपमान मुद्दा चलाइएको थियो भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको मुद्दा चलाइएको थियो ।

    दुबै मुद्दामा उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।

    जिल्ला अदालत, काठमाडौंले २० हजार र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको हो।

    काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो । पक्राउ गरेको भोलीपल्ट असार १४ मा प्रहरीले कुँवरलाई सार्वजनिक गर्ने भनिए पनि हिरासतमै उनीमाथि ‘देवी चढेको’ भन्दै प्रहरीले सार्वजनिक गर्न सकेको थिएन ।

    उनले सर्वसाधारणको भिडका बिच युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वत्र चासो बढेको थियो । घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गर्न थालेपछि उनी पक्राउ परेकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij