सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विराटनगर डुबानमा, अस्पतालमा पानी पस्यो

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • विराटनगर, असार २६ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगर डुबानमा परेको छ ।

    विराटनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेका हुन् ।

    विराटनगर महानगरपालिका–७, १४ र १५ नम्बर वडाका धेरैजसो स्थान जलमग्न भएका छन् ।

    मुख्य बजार क्षेत्रमा जलमग्न अवस्था रहेको छ । जसबाट आवागमनमा बाधा उत्पन्न भएको छ ।

    मुख्यबजार क्षेत्रमा रहेको कोसी अञ्चल अस्पतालमासमेत पानी पसेको छ । औषधि राखिएको स्टोर रुम र फार्मेसीमा पानी भरिएको छ ।

    मुख्य राजमार्गभन्दाबाहेकका सबै सडकहरु, भित्री सडक र पसल डुबानमा परेको स्थानीयले बताएका छन् ।

    डुबानग्रस्त क्षेत्रमा नगरपालिकाले नाला ‘क्लियर’ पार्न डोजर परिचालन गरेको छ ।

    डुबानबाट पीडित बनेका सर्वसाधारणले नगरपालिकाले बेलैमा ध्यान दिन नसक्दा डुबान भएको आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij