सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज शुक्रबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल …

  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६



  • आज मिति २०७६ साल असार २७ गते शुक्रबार । तदनुसार सन् २०१९ जुलाई १२ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष, एकादशी तिथि शुक्रबार ।

    मेष

    आफन्तबाट वास्तविक सहयोग होइन अलिअलि कुराको सहयोग पाईनेछ । काममा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेलचक्र्याई नगर्नु होला । आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ। महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

    वृष

    काममा देखिएका समस्या कम भएर जाने छन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

    मिथुन

    समयले साथ दिने छैन । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । सरकारी काममा हेलचक्र्याई नगर्नु होला पछि पश्चताप हुनेछ ।

    कर्कट

    सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । सामान्य खालको सहयोग मिल्नेछ । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । साझेदारी काममा हात नहाल्नु होला ।

    सिंह

    पूर्ण रुपेण अविश्वासका बादलका घेरा हट्ने छन् । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । विरोधी कमजोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

    कन्या

    समय आफ्नो लागि होइन,उपलब्धि आफ्नो लागि होइन तर लगनशिलता आफ्नो हुनेछ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

    तुला

    उपलब्धिको यात्रामा तगारो लाग्ने देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ । अहार विहारमा ध्यान दिनु होला ।

    वृश्चिक

    समय परिस्थितिले साथ दिनेछ । काम गर्ने वातावरण बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् ।

    धनु

    असहज परिस्थितिको महशुस हुनेछ । कार्य सम्पादनमा कठिनाई हुनेछ । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।

    मकर

    एकै चोटी दुईटा काममा हात नहाल्नु होला आफैलाई पछि अप्ठ्यारो पर्नेछ । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

    कुम्भ

    समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना योजना विना तयारी केहि नगर्नु होला। लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । पारिवारिक खर्च समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न। राजनैतिक मुद्धामा नअल्झिनु होला ।

    मीन

    काम गर्ने वातावरण बन्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । वैदेशिक एवं शैक्षिक मार्ग पूर्ण आँशिक सफल देखिन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij