प्रकाशित मिति : शनिबार, असार २८, २०७६
काठमाण्डौं । अष्ट्रेलियामा व्याचलर इन कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका एक नेपाली विद्यार्थी कहिल्यै नर्फकने गरि उतै अस्ताएका छन् । छा्ेरा स्वदेश सेढाईले आत्महत्या गरेपछि काठमाण्डौंमा रहेका सेढाईको परिवार शोकाकुल भएको छ ।
२८ महिना अगाडि अष्ट्रेलिया पढ्न गएका स्वदेशले गत विहिबार राति आत्महत्या गरेको बताइएको छ। सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजि सिड्नीमा कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका उनले एक हप्ता अगाडि बाबु किशोर सेढाईसँग पढाईको विषयमा छोटो कुराकानी गरेको पारिवारिक श्रोतले बताएको छ ।
पोखराका नेपाली परिवारसँग मिलेर अर्पाटमेन्टमा बसेका उनी विहिबार पनि राम्रैसँग लामो गफ गरेर आफ्नो कोठामा सुत्न गएको बताइएको छ । विहान नियमित समयमा नउठेपछि उनको खोजी गर्ने क्रममा पासो लगाएर आत्महत्या गरेको अवस्थामा उनी भेटिएको बताइएको छ ।
उनको मृत्युपछि एनआरएनए , झापा समाज अष्ट्रेलिया र आफन्तहरुले कानुनी प्रक्रिया पूरा गरी शवलाइ नेपाल पठाउन पहल गरिरहेको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij