सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पहिरोले उछिट्एर मोटरसाइकल खोलामा खस्दा एकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, असार २८, २०७६



  • बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स नजिकै गएको पहिरोले मोटरसाइकल उछिट्याएर तिनाउ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।

    तीन दिनदेखि परेको अविरल बर्षाका कारण आएको पहिरोले उछिट्टएर खोलाले बगाउँदा पाल्पाका मित्याल गाउँपालिकाका ३१ वर्षीय धन बहादुर सुनारीको मृत्यु भएको हो ।

    मोटरसाइकल केही समय अगाडी उछिट्टएर खोलाले बगाएको हो ।

    अत्यन्त अप्ठ्यारो स्थानबाट झरेको पहिरोले बगाउँदा लु५०प ४६७१ नम्बरमा सवार पाल्पा मित्याल गाउँपालिकाका ३१ वर्षीय सुनारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायबउपरीक्षक भीमलाल भट्टराईले पुष्टि गरे ।

    ढुंगासहित खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । बुटवलबाट पाल्पाका लागि छुटेका सवारी साधनहरु तल्लो सिद्धबाबामै रोकिएका छन् भने पाल्पा हुँदै बुटवल आउन लागेका सवारी साधन दोभानमा रोकिएका उनले बताए ।

    सुनारीको शवलाई अहिले लुम्बिनी  अञ्चल अस्पताल बुटवलमा राखिएको छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij