प्रकाशित मिति : आइतवार, असार २९, २०७६
काठमाडौं। महाभारतका कौरव र पाण्डवबीच भएको युद्धको मार्फत हामीले कस्तो काम गर्नबाट बच्नुपर्छ भन्ने सन्देश दिइएको छ। महाभारतको भीष्म पर्वको एक नीतिमा सुख र दुखका दिनमा ध्यान पुर्याउनुपर्ने विषयमा उल्लेख गरिएको छ।
यस्तो परिस्थितिमा हामी कहिले काँही मनलाई आफ्नो काबुमा राख्न सक्दैनौं। त्यसले गर्दा हाम्रै हानि हुन्छ। यस्तो अवस्थामा विवेकपूर्ण ढंगबाट काम गर्नुपर्छ।
महाभारतमा लेखिएको छ–
न प्रह्दष्येत प्रियं प्राप्त नोद्विजेत् प्राप्य चाप्रियम्।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्मणि स्थितः।।
यो श्लोकका अनुसार जब कुनै व्यक्ति सुखमा हुन्छ, तब उसले आफ्नो मनलाई काबुमा राख्न सक्दैन। बरु व्यक्ति सुखको वशमा हुन्छ। सुखका दिनमा हामी अभिष्यमा पूरा गर्न नसक्ने कुरा पनि बोलिरहेका हुन्छौं। जसको नराम्रो परिणाम हामीले झेल्नुपर्ने हुन्छ। हामीले के बुझ्नुपर्छ भने सुख सधैं भइरहँदैन। त्यसकारण सुखका बेलामा पनि आफ्नो मनलाई आफ्नो नियन्त्रणमा राख्नु पर्छ। साथै आफूले अभिव्यक्त गर्ने शब्द पनि सोच विचार गरेर मात्र बोल्नुपर्छ।
कयौं मानिस नराम्रो समयमा आफ्नो धैर्य गुमाउन पुग्छन्। र,आफ्नो इच्छा पूरा गराउन नराम्रो काम गर्नसमेत पछि पर्दैनन्। दुख यस्तो समय हो जसले मानिसलाई सजिलै गलत बाटोमा लैजान्छ। हामीले के बुझ्नुपर्छ भने सुख वा दुख जस्तो भएपनि यी दुवै सधैं हाम्रोसाथ रहँदैनन्। यदि खराब समयमा सोच विचार गरेर काम लिने हो भने चाँडै राम्रो समय आउँछ। दुख र पीडामा हामीले सोच विचार गरेर निर्णय लिनुपर्छ। यसले जीवनलाई सुखमय बनाउँछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij