सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

श्रीमतीले हैरान पारेपछि युवकले ३ वर्षको छोरालाई छातीमा बाँधेर बाढीमा हाम्फाले

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं। श्रीमान श्रीमतीको झगडालाई परालको आगो भनिन्छ । यो झगडा केही समयमै सेलाउने अपेक्षा गरिन्छ । तर कहिलेकाहीँ यो झगडा यतिसम्म डरलाग्दो हुन्छ कि मानिसहरु निकै खतरनाक कदम चाल्न पछि पर्दैनन् । यस्तै गरेका छन् भारतको पंजाबका एक भेटेरीनरी डाक्टरले । उनलाई श्रीमतीले यतिसम्म हैरान पारिन् कि उनले आफ्ना तीन वर्षको छोरालाई छातीमा बाँधेर नहरमा हाम्फालेर ज्यान दिए ।

    पुलिसले उनकी श्रीमती समेत ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । युवकको नाम छिन्दरपाल सिंह भएको बताइएको छ । उनको बिहे ५ वर्षअघि राजपाल कौरसँग भएको थियो । उनीहरुका तीन वर्षका छोरा र २ महिनाकी छोरी थिए । यी दुईबीच बेलाबेलामा झगडा भइरहन्थ्यो । पछिल्लो केही समय लगातार झगडा भएको थियो । गत मे महिनामा राजपाल झगडा गरेर माइत गएकी थिइन् ।

    उनी माइती गएसँगै माइतीले छिन्दरपाललाई उनीविरुद्ध मुद्दा हालिदिने भन्दै धम्की दिइरहन्थे । यसबाट हैरान भएका छिन्दरपालले आफ्ना छोरा अनमोललाई छातीमा बाँधेर नहरमा हाम्फाले । शनिबार उनीहरु दुवैको शव भेटियो । छिन्दरपालले घरमा एक सुसाइड नोट लेखेर राखेका थिए जसमा उनले ससुराती परिवारबाट दिक्क भएर आत्महत्या गर्न लागेको लेखेका थिए । पुलिसले मृतककी पत्नी राजपाल कौर, ससुरा महिन्दर सिंह, सासु परमजीत कौर, सासुकी आमा महिंदरो बाइ र मामा ससुरा जगदीश कुमारविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij