सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

खोला छेउमा बस्ने परिवार डुबानमा

  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६



  • विराटनगर । सिङ्घिया खोलाको नदीले उकासेको जग्गामा बस्दै आएका ३० भन्दा बढी घरहरु अझै पनि डुबानमै छन्।

    विराटनगर र कटहरी गाउँपालिका भएर बग्ने सिङ्घिया खोलामा आएको बाढी बस्तीमा छिरेर वडा न १ का दुई टोल डुबानमा परेका हुन्। पीडित चर्खादेवी पण्डितले घर डुबानमा पर्दा आश्रय लिएर छिमेकीको घरमा बसेको र छिमेकीको घरमा पनि बाढी छिरेपछि आफू जस्तै धेरै परिवार त्यही नजीकको नारी विकास संस्थाको भवनमा गएर बसेका बताए।

    त्यस भवनमा थुप्रै बाढी पीडित बस्दै आएका छन्। एकै ठाउँमा धेरै जना खाँदिएर बस्नु परेको र सुत्न तथा खान समस्या परेको उनीहरुको भनाइ छ।

    विभिन्न संस्थासहित वडा कार्यालयले खानेकुरा उपलब्ध गराएका छन्। बाढीका कारण बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन्। घरमा भएका सबै सामान नष्ट भएर समस्या भएको पीडितले बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij