प्रकाशित मिति : बुधबार, साउन १, २०७६
भोजपुर । भोजपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर भोजपुरमा दुई जनाको ज्यान गएको छ।
भोजपुरको आमचोक गाउँपालिका २ यूँमा रहेको पोखरीमा हिजो बेुका पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका निमा शेर्पा र गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
हाल ज्यान गुमाएका दुवै जनाको शव पोष्टमार्टमका लागि भोजपुर जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij