प्रकाशित मिति : बुधबार, साउन १, २०७६
काठमाडौं । काठमाडौंको बालाजुमा एक युवती मृत अवस्थामा फेला परेकि छन् । उनले आत्महत्या गरेको बताइएको छ । त्रिपरेश्वरमा बस्दै आएकी १६ बर्षीया जेनी तामाङ १९ वर्षीय प्रेमी भीम मगरको बालाजुस्थित कोठामा मृत फेला परेकी हुन् ।
असार ३० गते जेनी साँझ प्रेमी भीमको बालाजु स्थित कोठामा बर्थ डे मनाउँनका लागि गएकि थिइन् । कोठामा अर्कै युवतीलाई देखेपछि विवाद हुँदा उनीहरुबीच झगडा भएको थियो ।
झगडापछि शौचालयभित्र गएकी जेनी केही बेरसम्म नआएपछि भीम शौचालय पुग्दा त्यहाँ उनी सलले झुण्डिएको अवस्थामा फेला परेको र पछि खबर पाएको प्रहरीले जानकारी दिएको छ ।
ब्वायफ्रेण्डको जन्मदिन मनाउँन गएकी जेनीले कोठामा भेटिएकी ती युवतीलाई भीमले तँलाईँ पनि धोका दिन्छ भनेकी थिइन् । झगडापछि ती युवतीको सल मागेर शौचालय गएकी जेनी शौचालयको ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा फेला परेकि हुन् ।
आत्महत्या गराउँन बाध्य पारेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij