प्रकाशित मिति : बिहिबार, साउन २, २०७६
आज मिति २०७६ साउन २ गते तदनुसार सन् २०१९ जुलाई १८ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष, द्वितीया, २८:५४ उप्रान्त तृतीया तिथि बिहीबार ।
आजको ग्रहफल
मेष
कार्यमा प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । धन आर्जनको योग रहेको छ भने स्वास्थ्यमा गडबडी हुने देखिन्छ ।
वृष
सामाजिक काममा रुचि जाग्नेछ, यात्रा सुख तथा मनोरञ्जन मिल्ला । मनले चिताएका कार्यहरु पूरा हुनेछन् ।
मिथुन
योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ ।
कर्कट
परिवारमा खुशी बढ्नेछ, दाम्पत्य सहयोग मिल्नेछ ।
सिंह
काममा प्रतिष्पर्धा हुनेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।
कन्या– विद्यामा सफलता हुनेछ, मनोरन्जनमा मन जानेछ।
तुला
घरमा विवाद बढ्नेछ, काममा प्रगति रोकिनेछ ।
वृश्चिक
दाजुभाइमा सहयोग मिल्नेछ, छोटो यात्रा हुनेछ ।
धनु
भोजनको सुख मिल्नेछ, धनको कारोवार बढ्नेछ ।
मकर
उत्साह बढ्नेछ, साथी भाइको लागि खर्च हुनेछ ।
कुम्भ
यात्रामा अवरोध हुनेछ, फाइदा अरुलाई जानेछ ।
मीन
व्यवसायमा प्रगति हुनेछ, काममा फाइदा मिल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij