प्रकाशित मिति : बिहिबार, साउन २, २०७६
काठमाडौं साउन २ । केही दिनयताको बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसक्रममा २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएको जनाइएको छ ।
यस्तै ११ जना उपचारपछि फिर्ता भएको र ३ हजार ३ सय ६६ जना भन्दा बढीलाई उद्धार गरिएको तथा तथ्यांक संकलन र राहतको कार्य तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij