सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सामाजिक सञ्जालमा सारी र बुढो दाह्रीको प्रतिस्पर्धा

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • बीबीसी । अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच दुई किसिमका तस्बिर राख्ने प्रतिस्पर्धा चलेको छ। सबै उमेरका महिलाहरूले सारी लगाएको आफ्ना तस्बिर प्रेषित गरिरहेका छन्।

    उमेर बढ्दै जाँदा मानिसलाई युवावस्थाको स्मृतिले रोमाञ्चक बनाउने भए पनि युवायुवती तथा अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुषहरू छन्।

    वृद्धावस्थाको तस्बिर बनाउन एउटा एप प्रयोग हुने गरेको छ। फेसएप नामको एपमा मानिसहरूको अनुहार सम्पादन गरेर चाउरी परेको देखाउन, दाह्री र केश सेतो बनाइ र नभएको दाह्री थरीथरीका शैलीमा थप्न मिल्छ।

    सारी लगाएको र बुढ्यौलीको रूप बनाएको तस्बिर हाल्ने होडप्रति अरू प्रयोगकर्ताले भने व्यङ्ग्य गरेका छन्।

    नेपाली महिलाहरूको पहिला सामान्य रूपमा लगाउने सारी हिजोआज विशेष समारोहमा सीमित हुँदै गएको पाइन्छ। तर सामाजिक सञ्जाल अहिले सारीमय भएको छ।

    साउने सङ्क्रान्ति सुरु नहुँदै एकाएक ट्विटर र फेसबुकमा सारी लगाएको तस्बिर हाल्ने लहर सुरु भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij