प्रकाशित मिति : शनिबार, साउन ४, २०७६
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका सहप्राध्यापक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । उनले बिहीबार आत्म हत्या गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले डिसी नेपाललाई जानकारी दिए ।
बिहीबर दिउँसो त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । सामान्य अनुसन्धान गरेर शव परिवारको जिम्मा लगाएको डीएसपी बोगटीले बताए ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डले भवनको पाँचौं तलाबाट बिहीबार दिउँसो हामफालेका थिए । उनीविरुद्ध एक वर्ष जेल सजाय माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
मृतकक पाण्डेको शुक्रबार पोस्टमार्टमसमेत भइसकेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij